कांग्रेस नेता वैद्यको अभिव्यक्तिपछि एमालेका नेताहरू आक्रोशित

कांग्रेस नेता वैद्यको अभिव्यक्तिपछि एमालेका नेताहरू आक्रोशित

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता  तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी ओलीको हत्याको षडयन्त्र भएको आशंका व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत आक्राेश पोखेका छन् ।

बागमती प्रदेशसभा सदस्य नेपाली कांग्रेसका नेता नरोत्तम वैद्यले नाथुराम गोड्से बन्न कोही तयार नभए आँफै तयार रहेको भनेर अभिव्यक्ति दिएपछि बाँस्कटाकाे यस्तो आक्राेश आएकाे हाे । नेता बाँस्कोटाले शुक्रबारराति ट्वीटमार्फत प्रधानमन्त्रीमाथि भयानक षडयन्त्र भइरहेकाे दाबी गरेका हुन् ।

यसअघि प्रदेशसभामा वैद्यले भनेका थिए, 'खड्गप्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन्,। अब नाथुराम गोड्से बन्न तयार हुनुपर्यो, कोही बन्न तयार छैन भने म बन्छु।

प्रतिउत्तरमा बाँस्कोटा लेखेका छन्, केपी ओली नमारे काँग्रेसले नजित्ने रहेछ, प्रधानमन्त्रीमाथि कुनै भयानक षडयन्त्र हुँदै रहेछ। नत्र प्रदेश सांसद त्यो पनि पशुपतिनाथ रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्नेले यस्तो कसरी बोल्न सक्छन्।

त्यस्तै एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतलेपनि वैद्यको अभिव्यक्ति प्रति आक्रोस पोखेका छन् । बस्नेतले माहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको  हो त भन्दै प्रश्न समेत गरेका छन्। उनले वैद्यलाई तुरुन्त पक्राउ गरेर सरकारले कारबाही गर्नुपर्ने बताए।

बस्नेतले पनि सामाजिक संजालमार्फत मदन भण्डारीको रहस्यमय हत्याबाट प्रताडित जनसमुदाय र एमाले कार्यकर्ता आफ्नो नेताको रक्षा गर्न जे गर्न पनि तयार रहेको बताए।
त्यस्तै बागमती प्रदेशसभाका एमालेका सांसदहरूले नेता वैद्यलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन्।

सत्ता पक्षका सांसद अजयक्रान्ति शाक्यलगायका नेताहरूले यस्तो माग राखेका हुन्। प्रदेश सभाको बैठकमा प्रदेश सांसद वैद्यले देशको कार्यकारी प्रमुखलाई संसदीय मर्यादाको समेत ख्याल नगरी दिएको अभिव्यक्ति खेदजनक छ,’ प्रदेश सांसद शाक्यले भनेका छन्।

त्यस्तै पूर्वमन्त्री एमाले नेता योगेस भट्टराईले बागमती प्रदेशसभा सदस्य नरोत्तमजीले आफूले दिएको अभिव्यक्ति प्रति माफ माग्नुपर्ने बताएका छन्। उनले दशवटा तर्क नगरी खुरुक्क ति माफ माग्नुनै बेस हुने सुझाव दिएका छन् । 

त्यसो त प्रदेशसभाले प्रस्तुत गरेको नीति तथा कार्यक्रबारेको बहसमा वैद्यले छलफलभन्दा बाहिरको विषयवस्तुको उठान गर्दै कार्यकारी प्रमुखकै हत्या गर्ने अभिव्यक्ति दिएका थिए।

Logo