नेपाली कांग्रेसले बागमती प्रदेशसभामा दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिई आत्मालोचना गर्न प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई निर्देशन दिएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नरोत्तम वैद्यलाई अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको बताए।
प्रवक्ता शर्माले सडकमा पनि राख्नुपर्ने संयमता संसदमा गुमाउन नहुने बताए।
यता नेपाली कांग्रेसले पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिसकेको त छैन तर, कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले उक्त घटना बारे शुक्रबार रातिनै सामाजिक संजालमार्फत् आफ्नो धारणा सार्वजनिक गरेका थिए।
आवेगको बोलि र ब्यवहार भावनात्मक उत्तेजना भनेर उन्मुक्ति दिन नहुने प्रवक्ता शर्माले यस्तो बताएका हुन् ।
सामाजिक संजालबाटै प्रवक्ता शर्माले नेता वैद्यलाई शब्द फिर्ता लिन लगाइने र आत्मालोचना गर्न पार्टीको निर्देशन रहने बताए।
त्यस्तै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बाँनियाले पनि विज्ञप्ति निकालेर आफ्ना अभिव्यक्ति फिर्ता लिन वैद्यलाई निर्देशन दिएका छन्।
वागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले शुक्रबार, खड्गप्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन्,। अब नाथुराम गोड्से बन्न तयार हुनुपर्यो, कोही बन्न तयार छैन भने म बन्छु, भनेका थिए।
उनको यो अभिव्यक्ति अहिले चौतर्फी आलोचित छ।





























प्रतिक्रिया