वैद्यको अभिव्यक्ति आपराधिकः एमाले

वैद्यको अभिव्यक्ति आपराधिकः एमाले

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले वाग्मती प्रदेश सभा सांसद नरोत्तम वैद्यको अभिव्यक्तिको भत्र्सना गरेको छ। 

एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने बारे दिएको अभिव्यक्तिलाई अत्यन्त गम्भीर रुपमा लिएको जनाएको छ।

आज पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै ओलीको हत्या गर्ने बारे दिएको अभिव्यक्तिलाई अत्यन्त गम्भीर रुपमा लिएको जनाएका हुन्।

‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफैं पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ।’ विज्ञप्तिमा भनिएको छ।

‘एमालेले उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै मुलुकको फौजदारी कानूनसमेत आकर्षित हुने विषय हो भन्ने ठान्ने भन्दै नेपाली कांग्रेसलाई ध्यानाकर्षण गराएको छ।

वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको मनोमानी बढेको भन्दै उनको लागि एक जना नाथुराम गोट्सेको आवश्यकता परेको विवादास्पद अभिव्यक्ति दिएका थिए। नाथुराम ती व्यक्ती हुन् जसले महात्मा गान्धीको हत्या गरेका थिए । 

Logo