प्रदेश नं २: नीति तथा कार्यक्रम सर्वसहमतिले पारित

प्रदेश नं २: नीति तथा कार्यक्रम सर्वसहमतिले पारित

केन्द्रबिन्दु
0
Shares

आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ। बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम आइतबार पारित भएको हो । सभामुख सरोजकुमार यादवले नीति तथा कार्यक्रम पारितको प्रस्ताव गर्दा विपक्षमा कोही नबोलेपछि नीति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको घोषणा गरे।

त्यसअघि मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणको अभियानमा प्रदेश सरकार पछि नपर्ने बताउँदै भने, “कोरोना महामारीको तेश्रो र चौथो लहरको कुरा आएको छ, सरकार सङ्क्रमण नियन्त्रणमा प्रतिबद्ध छ। बालबालिकाका लागि अब छुट्टै अस्पताल तयार गर्नेछौँ।” उनले जनकपुरको मणिपालस्थित कोभिड अस्पतालमै बालबालिकाका लागि छुट्टै व्यवस्था गर्ने विषयमा अध्ययन भइरहेको जानकारी दिए।

प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा १०/१० गरी ६४० परिवारलाई महेन्द्र नारायण निधी आवास योजनाअन्तर्गत घर बनाउने योजना बजेटमा समावेश गराउने राउतले बताए। नीति तथा कार्यक्रमको छलफलका क्रममा उठेका  प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री राउतले बैठकमा आएका महत्वपूर्ण सुझाव बजेटमा समावेश गर्ने प्रतिबद्धता जनाए।

Logo