अनेरास्ववियु लेटाङ क्याम्पसले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा नगरकै एकमात्र क्याम्पसमा बजेट विनियोजन गर्न माग गरेको छ।
सोहि विषयलाई लिएर अनेरास्ववियु लेटाङ क्याम्पसले लेटाङ नगरपालिकाका नगरप्रमुख शंकर राईलाई ज्ञापनपत्र बुझाएको छ।
लेटाङ नगरपालिकाले लेटाङ क्याम्पस तथा लेटाङ नगरभरिका सामुदायिक विद्यालयहरूको भौतिक एवम् गुणस्तर सुधार गर्न तथा लेटाङको एकमात्र शैक्षिक धरोहर लेटाङ क्याम्पसको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले बजेटमा क्याम्पस पनि नछुटोस् भन्दै अनेरास्ववियुले नगरको ध्यानाकर्षण गराएको क्याम्पस कमिटीका संयोजक अनिश सुबेदीले बताए।
लेटाङ क्याम्पसको आर्थिक सुधारका लागि प्रभावकारी नीति तर्जुमा गर्न पनि प्रमुख राई र शिक्षा शाखा प्रमुख कृष्णराज राईलाई अनेरास्ववियुले पत्र बुझाएको हो।
लेटाङ क्याम्पस उत्तरी मोरङ लेटाङ नगरपालिकाको एकमात्र उच्च शिक्षा लिने थलो हो। तर, विद्यार्थीको अभाव, आर्थिकरुपमा कमजोर भएका कारण शैक्षिक गुणस्तर खस्किदै गएको आरोप क्याम्पसलाई लाग्दै आएको छ।
यता आर्थिक अभावकै कारण महिनौंदेखि प्राध्यापकहरुले आफ्नो तलब बुभ्mन नपाएको गुनासोहरु पनि आएका छन्।
यता लेटाङ क्याम्पसको तर्फबाट ज्ञापनपत्र लिएर गएका अनेरास्ववियुका नेताहरुलाई नगरप्रमुखले यसपटकको बजेटमा क्याम्पसलाई पनि प्राथमिकतामा राख्ने बताएको नेता सुवेदीले बताए।





























प्रतिक्रिया