पूर्वप्रधानमन्त्री एवं एमालेका नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार भएको छ। नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचाररत नेता खनालको ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्ने समस्या हटिसकेको छ । उनलाई लगाइएको अक्सिजन सपोर्ट पनि हटाइएको छ।
उनका स्वकीयसचिव कृष्ण भट्टराईले दिएको जानकारी अनुसार स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । केही दिन अझै अस्पतालमै राखेर उपचार हुनेछ।
केही दिन अघि स्वास्थ्यमा समस्या आएपछि उनी नयाँ दिल्ली गएका थिए।































प्रतिक्रिया