दीपक मनाङे र प्रचण्डबीच भेटघाट, के भयो कुराकानी?

दीपक मनाङे र प्रचण्डबीच भेटघाट, के भयो कुराकानी?


गण्डकी प्रदेश सरकारका बिनाविभागीयमन्त्री दीपक मनाङेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। उनले आफ्नो सामाजिक संजाल फेसबुकमा उक्त भेटको पुष्ट्याईं गरेका हुन्।

उनले सामाजिक संजालमा लेखेका छन्ः–

नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डज्युसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे बृहत छलफल पश्चात लिएको तस्बिर ।

यति उल्लेख गरेर मन्त्री मनाङेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको तीनवटा तस्विर सामाजिक संजाल फेसबुकमा पोष्ट गरेका छन्। उनले शनिबारनै खुमलटारस्थित निवासमै पुगेर प्रचण्डसँग भेट गरेका हुन्।

दिपक मनाङेको प्रचण्डसँगको भेट फोटो खिचाउन मात्र भएको भने पक्कै होइन, स्रोतका अनुसार अध्यक्ष प्रचण्डसँग गण्डकी प्रदेशको सत्तारुढ गठबन्धनको विषयमा र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेशमन्त्री छनोट गर्न परेको सकस र मुख्यमन्त्रीले गरेको बाचा र लिखित सम्झैताले अहिले मन्त्री छनोटमा पुर्याएको असर बारे छलफल भएको हुनसक्ने बताए।

अर्कोतर्फ गण्डकी प्रदेशमा शक्तिशाली मन्त्रालय भौतिक पूर्वाधार मन्त्रालयको बार्गेनिङ गरिरहेका मनाङे त्यसकै लविङका लागि प्रचण्डलाई भेट्न आएको अनुमान गरिएको छ ।

हालसम्म गण्डकी मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मनाङेसहित चार जनालाई मन्त्री नियुक्त गरे पनि सबैलाई बिना विभागीय मन्त्रीमै सिमित राखेका छन्। एमाले नेतृत्वको प्रदेश सरकारमा युवा तथा खेलकुदमन्त्री रहेका मनाङेले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत माग्दा तटस्थ बसेका थिए। 
 
पछि नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।

सधैजस नकारात्मक र सकारात्मक चर्चामा रहिरहने मनाग्ङे पछिल्लो समय सेलिव्रेटी मन्त्री अन्तर्गत पर्छन्। उनकै कारण गण्डकी प्रदेश विघटनबाट जोगिएको हुँदा उनलाई सत्तारुढ गठबन्धनले महत्वका साथ राखेको देखिन्छ।

Logo