आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चुडामणि शर्मासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चुडामणि शर्मासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा


आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्धा दायर गरेको हो । आयोगले एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ विगोसहितको भ्रष्टाचार मुद्दा आज दायर गरेको हो। 

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालद्वारा जारी विज्ञप्तिमा कर फर्छ्यौट आयोगको अध्यक्षका रुपमा लुम्बध्वज महत तथा सदस्यद्वय उमेशप्रसाद ढकाल र चुडामणि शर्मा ढकालले अधिकार क्षेत्रभन्दा बाहिर गइ करदातासँग कर फर्छ्यौट सम्झौता गरी राजस्व रकम चुहावट गरेको हुँदा मुद्दा दायर गरिएको उल्लेख छ।

Logo