नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष र प्रधानमन्त्रीसमेत रहेका केपी ओलीले गल्ती स्वीकारेर आएर उनलाई स्वागत गर्न सकिने बताएका छन्।
विपक्षी गठनबन्धनले सम्पादकहरूसँग गरेको अन्तर्क्रियामा बोल्दै नेता नेपालले ‘माधव नेपाल को हुन् ?’ भन्नेलाई जवाफ दिने भन्दै धारणा राखेका थिए ।
उनले भने, ‘म माधव नेपाल पूर्वप्रधानमन्त्री हुँ। एमालेको वरिष्ठ नेता हुँ। केपी ओलीले गरेको कारवाहीको अर्थ छैन। ओलीले सुरू गरेको कोर्स करेक्सन गर्न हामी लागेका छौं’, नेपालले भने ।
नेता नेपालले आफूहरु अहिले कुर्सीका लागि नभई देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुपर्ने बेला भएकाले सवैको हातेमालो आवश्यक रहेको समेत बताए।
वरिष्ठ नेता नेपालले देश जोगाउने जिम्मेवारी राजनीतिक दल र मिडियाकर्मी सबैको रहेको समेत बताएका छन्। ‘देश जोगाउने अभिभारा तपाईंहरुको हो, हाम्रो हो, हामी सबैको हो’नेता नेपालले भने।
उनले देशको स्वाधिनता, स्वाभिमान र राष्ट्रहितको रक्षाका लागि संघर्ष गरिरहेको भन्दै ओलीको अहंकारले संसद विघटन गरेपनि कोर्स करेक्सन गर्न सकिने बताए। ‘देशमा गणतन्त्र आएको छ, संघीयता आएको छ । जनताको चेतना प्रखर भएको छ।
सुशासनको प्रत्याभूति, संविधानको रक्षा र सहि काम गरेर जनताको जीवनलाई सम्मृद्ध बनाउनुपर्ने बेलामा संसदलाई विघटन गरेर चुनाव नै हुन नसक्ने चुनावको घोषणा गर्नु ओलीको अहंकार मात्रै हो। यो कोर्स करेक्सन गरौँ। त्रुटि कमजोरी हुन्छन् सुधार गर्न सकिन्छ’, नेता नेपालले भने।





























प्रतिक्रिया