विपक्षी गठबन्धन प्रधानमन्त्री फेर्न वा एउटा चुनावका लागि मात्र होइन: प्रचण्ड

विपक्षी गठबन्धन प्रधानमन्त्री फेर्न वा एउटा चुनावका लागि मात्र होइन: प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी गठबन्धन प्रधानमन्त्री फेर्न वा एउटा चुनावका लागि मात्र नभएको बताएका छन्। उनले पहिलो, संविधानको रक्षा र समयानुकुल परिमार्जन गर्दै लैजान, दोस्रो, लोकतन्त्रका न्यूनमत मूल्य मान्यताको रक्षा गर्न र तेस्रो, राष्ट्रियको रक्षा गर्नका लागि गठबन्धन बनेको बताएका हुन्।

सम्पादकहरुसँग बिहीबार भएको छलफलमा उनले गठबन्धनका तीन आधार प्रस्तुत गरेका हुन। प्रचण्डले यो अवसरवादी नभई लोकतन्त्रवादी र वामपन्थीहरुको गठबन्धन भएको बताए। 
गठबन्धनमा आवद्ध माधवकुमार नेपाल र उपेन्द्र यादव आफ्नो पार्टीमा संघर्ष गरिरहेको भन्दै उनले दुबै पक्षलाई परेको अप्ठ्यारोमा सबैले साथ दिन आग्रहसमेत गरे।

त्यस्तै प्रचण्डले कांग्रेस ओलीभन्दा सयौं गुणा वामपन्थी, लोकतन्त्रवादी, क्रान्तिकारी भएर समेत बताए। अध्यक्ष प्रचण्डले सबै नेताहरु उस्तै भन्ने गरेकोमा असन्तुष्टि जनाए । ‘गणतन्त्रको झण्डा उठाउने माधवकुमार नेपाल र बयलगाढाको सिद्धान्त केपी ओली उस्तै उस्तै हो ?’ उनले भने ।

आफूले सामान्य प्रश्न उठ्दा प्रधानमन्त्री पद छाडेको तथा सहमति अनुसार शेरबहादुर देउवालाई पद हस्तान्तरण गरेको तर ओलीले पद छाड्नु पर्दा संविधानलाई नै सिध्याएको भन्दै प्रचण्डले भने, संविधान बनाउने र संविधान सिध्याउने उस्तै हो ?

अध्यक्ष प्रचण्डले राष्ट्र र जनताको हितमा लड्ने आफूहरुको प्रतिवद्धता भएको समेत बताए ।
प्रचण्डले गठबन्धनमा रहेका दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चामा आन्तरिक राजनीतिक समस्या नरहेको भन्दै विद्रोहको झण्डा बोक्ने एमालेका माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवका समस्या पनि गठबन्धनको साझा हुने बताए ।

Skip This
Skip This
Logo