शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नु पर्ने र प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने भन्दै दायर प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक पक्षको वकिलले बहस गर्ने समय साढे ४ घण्टा बाँकी छ।
बहस गर्ने वकिलहरूले ३ मिनेटदेखि ३० मिनेटसम्म बहस गर्ने छन्। आज हुने बहस वरिष्ठ अधिवक्ता हरिहर अर्यालले सुरु गर्ने छन्।
अधिवक्ता सुनिल पोखरेल, दिनमणि पोखरेल, डा. भीमार्जुन आचार्य, ओमप्रकाश अर्याललगायतले पनि बहस गर्ने भएका छन्।
उनीहरूको बहसपछि देउवापक्षका वकिलहरूका लागि छुट्याइएको सुरुवाती बहसको १२ घण्टे अवधि सकिने छ।
आइतबारदेखि भने निवेदनको विपक्षी अर्थात् सरकार पक्षका वकिलहरूले बहस थाल्नेछन्। उनीहरूका लागि पनि सुरुवाती बहसको समय १२ घण्टा नै छ।





























प्रतिक्रिया