वरिष्ठ अधिवक्ता कृष्णभक्त घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री बनाउने अधिकार नभएको तर्क गरेका छन्।
वैकल्पिक सरकारको अवस्थामा राष्ट्रपतिसँग प्रधानमन्त्री बनाउने अधिकार नहुने बताए।
निवेदक शेरबहादुर देउवासहित १४६ जना सांसदको पक्षबाट बहस गर्न आएका उनले केपी ओलीले आधा घण्टा अगाडि मार्ग प्रशस्त गरेको भनेर जालसाँजीपूर्ण तरिकाले प्रधानमन्त्री पदमा दावेदारी प्रस्तुत गरेको बताए।
ओलीको उक्त कदमको खण्डन गर्दै उनले देउवालाई प्रधानमन्त्री पदमा नियुक्तिका लागि परमादेश जारी गर्दै प्रतिनिधिसभा सञ्चालनको प्रक्रिया थालनीका लागि आदेश दिनुपर्ने माग गरे।
संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनाउनु पर्दा कुन सांसद कुन पार्टीको हो भनेर राष्ट्रपतिले सोध्न नमिल्ने पनि जिकिर गरे।































प्रतिक्रिया