कांग्रेस पौडेल समूहको भेला: सहमतिमा सभापतिको उम्मेदवारी दिने विषयमा छलफल

कांग्रेस पौडेल समूहको भेला: सहमतिमा सभापतिको उम्मेदवारी दिने विषयमा छलफल

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिएसँगै नेताहरुले आ–आफ्नो समूहको भेला तथा बैठकहरुलाई तिव्रता दिएका छन् ।

शुक्रबार नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेला काठमाडौंको एक पार्टी प्यालेसमा भएको छ। भेलामा बरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, शेखर कोइराला, गगन थापा, प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी लगायत केन्द्रीय कमिटी सदस्यहरुको उपस्थिती रहेको थियो। 

भेलाले कांग्रेसको १४ औँ महाधिवेशनको सम्बन्धमा क्रियाशील सदस्यता छानविन गरी छिट्टै टुंगो लगाउनुपर्नेमा जोड दिएको तथा सहमतिको उम्मेदवार छान्नका लागि ढिला गर्न नहुने सुझाव आएको नेता प्रकाशमान सिंहले बताए।

नेता अर्जुननरसिंह केसीले एकता कायम गरेर उम्मेदवार टुंगो लगाउनु पर्ने र जस्तो खालको परिस्थिति आए पनि सहमति निर्माण गर्नुपर्ने छलफलको अन्तिम निष्कर्ष रहेको बताए।

आफ्नो समूहको तर्फबाट कसले सभापतिको उम्मेदवारी दिने भन्ने विषयमा छलफलबाट निर्णय गरिने उनको भनाइ छ।

Logo