निधी, कोइराला र सिंहबीचकाे भेटवार्ता सकियाे, के भयो कुराकानी?

निधी, कोइराला र सिंहबीचकाे भेटवार्ता सकियाे, के भयो कुराकानी?

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा शशाङ्क कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ। 

पार्टीका पूर्वमहामन्त्री सिंह निवास चाक्सीबारी ठमेलमा आज भएको भेटमा पार्टीको आगामी १४औँ महाधिवेशन र मुलुकको समसामयिक घटनाक्रमका बारेमा छलफल भएको महामन्त्री डा कोइरालाका स्वकीय सचिव भरत तिवारीले राससलाई जानकारी दिए।

महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने विषयसमेतमा नेताहरुबीच छलफल भएको थियो। सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनमा आफू एकपटक फेरि सभापति लड्ने आकांक्षा राख्दै आफूनिकट पार्टीका केन्द्रीय सदस्यसँग भेटेसँगै उपसभापति निधी, महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहबीच पनि भेटघाट बाक्लिएको हो। 

यसअघि आइतबार दिउँसो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य सुजाता कोइरालाबीच मण्डिखाटारमा भेटवार्ता भएको थियो।

Skip This
Skip This
Logo