नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता माधव नेपाल समूहका नेताहरुलाई पनि बोलाइएको छ।
भोलि विहान ११ बजे बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल समूहका केन्द्रीय सदस्यहरुलाई बैठकमा बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले केन्द्रबिन्दुलाई बताए।
नेकपा अलग भएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ०७८ मङ्सिर २ देखि ६ गतेसम्म पार्टीको १० औँ महाधिवेशन आयोजना गर्ने भनि गत वर्ष चैत्र ७ गते २६४ सदस्य केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको थियो।
चैत्र ७ गतेको बैठकले महाधिवेशन आयोजक कमिटीको अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा ईश्वर पोखरेललाई यथावत राख्ने निर्णयसमेत गरेको थियो।
तर, सर्वोच्च अदालतले गएको २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले गठन गरेको दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि उक्त कमिटीलाई विघटन गर्नुपर्ने अध्यक्ष ओलीलाई बाध्यता छ।
सचिव तामाङले अब केन्द्रीय कमिटीको मोडालिटी कुन हो भनेर भोलि निर्णय गर्नका लागि बैठक बोलाईएको बताए।
तर, बैठकमा पार्टीका निष्कासीत वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल, भीम रावल लगायत एघार जनालाई भने नबोलाइएको तामाङले जानकारी दिए।
१० जेठमा अध्यक्ष केपी शर्मा ओलीले नेता खनाल, नेपालसहितलाई पार्टीबाट निष्कासन गरेका कारण उहाँहरुलाई बोलाइएन, उनले भने।































प्रतिक्रिया