आज बस्ने तय गरिएको कांग्रेस पदाधिकारी बैठक स्थगित भएको छ। सभापति शेरबहादुर देउवाले आजका लागि पदाधिकारी बैठक बोलाएका थिए।
आसन्न १४ औं महाधिवेशनको तयारी र क्रियाशील सदस्यताबारे छलफल गर्न देउवाले दिउँसो २ बजेका लागि पदाधिकारी बैठक बोलाएका थिए।
आजको बैठकमा पदाधिकारी, पूर्वपदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखक सहभागी हुने बताइए पनि अन्तिम समयमा आएर स्थगित भएको हो । तयारी नपुगेको भन्दै बैठक स्थगित गरेको कांग्रेसले जनाएको छ। अर्को बैठकको मिति तय गरिएको छैन।
कांग्रेसले १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।





























प्रतिक्रिया