माधव समूहसहित सबै केन्द्रीय कमिटीलाई एमालेको पत्र

माधव समूहसहित सबै केन्द्रीय कमिटीलाई एमालेको पत्र


नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बोलाइएको छ। पहिलो बैठकमा सहभागी हुन वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहित सबैलाई पत्र पठाइएको छ। 

एमाले केन्द्रीय कमिटीको बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको छ। शुक्रबारको बैठकमा सबैलाई पत्र पठाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले केन्द्रबिन्दुलाई जानकारी दिए।

सबैलाई इमेल गरेर बैठकमा आउन पत्र पठाएको छु। टेलिफोनबाट पनि जानकारी गराउँछु’, तामाङले भने । तामाङले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा पनि नेपाल पक्षका सबै नेतालाई खबर पठाएको बताएका थिए। तर, कमिटी सदस्य रघुजी पन्तले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकबारे आफूलाई थाहा नभएको केन्द्रबिन्दुसँग बताएका थिए।

१८ गते बस्न लागेको बैठकमा सबैलाई बोलाइएको छ। १६ असारको बैठकमा कारबाही गरिएका ११ जना बाहेकलाई बोलाइएको थियो। तर, यसपटक उहाँहरुलाई पनि बोलाईएको छ, तामाङले थपे।

त्यसो त माधव नेपाल समूहका नेताहरुको गएको १६ गतेको बैठकमा उपस्थित थिए। 
उक्त बैठकले नेता खनाल र नेपालसहित ११ जनालाई गरिएको कारबाही स्वतः निष्प्रभावी रहेको निर्णय गरेको थियो।

यता माधव समूह भने १८ गतेको बैठकमा अनुपस्थित हुने–नहुने भन्ने निर्णय गर्न आफू निकट स्थायी कमिटीको बैठक बसिरहेको छ।

Logo