नेपाल निवासमा कार्यदलका पाँच नेता

नेपाल निवासमा कार्यदलका पाँच नेता

केन्द्रबिन्दु
0
Shares

एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कार्यदलमा रहेका पाँच जना नेताहरू कोटेश्वरस्थित निवासमा पुगेका छन्।

पार्टी अध्यक्ष केपी ओलीले सोमबार बेलुकी ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको समय सकिनु अगाडि पाँच नेता साढे १० बजे नेपाललाई भेट्न गएका हुन्। नेपाल निकट स्रोतले दिएको जानकारीअनुसार कार्यदलमा रहेका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, सुवास नेम्बाङ, विष्णु पौडेल र शंकर पोखरेल नेपाल भेट्न पुगेका छन्।

उनीहरूले बिहीबार तयार गरेको तीन बुँदे समझदारीप्रति जानकारी दिने र एकताका लागि ओलीसँग सकारात्मक ढंगले सम्वाद गर्न आग्रह गर्न चाहेका छन्।

शुक्रबार बिहान पनि नेपाल निकट नेताहरू उनलाई भेट्न गएका थिए। तर, उनी सम्पर्कविहीन भए। शनिबार ओलीसँग सम्वाद भएपनि उनीहरू आ–आफ्ना पुरानै अडानबाट पछि हटेनन्। जसले गर्दा एकतान्मुख प्रयास भएको छैन।

नेता नेपालले ओलीले झुक्याउन सक्ने भन्दै ओलीप्रति विश्वास गरेका छैनन्।

Logo