प्रमुख राजनीतिक दलहरूमा हिन्दुराष्ट्र र संघियताबारे बहस सुरु हुनु सकारात्मकः कमल थापा

प्रमुख राजनीतिक दलहरूमा हिन्दुराष्ट्र र संघियताबारे बहस सुरु हुनु सकारात्मकः कमल थापा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातान्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले नेपालका प्रमुख राजनीतिक दलहरूमा हिन्दुराष्ट्र र संघियताबारे बहस सुरु हुनु सकारात्मक रहेको बताएका छन्।

नेता थापाले सामाजिक संजाल फेसबुकमार्फत पश्चिमा देशहरू ईसाई धार्मिक मान्यतामा समाज र राष्ट्र चलेको छ भन्दा गौरव गरिरहेको भन्दै नेता थापाले नेपालमा हिन्दुराष्ट्र र संघियताबारे सघन छलफल गर्नुपर्ने उल्लेख गरेका छन्।

उनले परिवार, समाज र राष्ट्र सनातन वैदिक मान्यताको धरातलमा उभिएको सत्य स्विकार्न हिनताबोध गरिरहेको भन्दै यो हिनताबाट मुक्त हुनुपर्ने समेत बताएका छन्।

त्यसो त थापाले प्रतिनिधित्व गर्ने पार्टी राट्रिय प्रजातन्त्र पार्टीले हिन्दुराष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र र सुशासनको धरातलमा सबल र समृद्ध नेपालको एजेण्डा अघि सारेको छ।

तथापि आइतबार उनले यो सन्दर्भ भने एमाले युवा नेता महेश बस्नेतले पार्टीको केन्द्रीय कमिटी बैठकमा संघीयता र धर्म निरपेक्षताको समीक्षा गर्नुपर्ने आवाज उठाएका कारण बोलेका हुन्।

बस्नेतले संघीयताबारे समीक्षा गर्नुपर्ने बताएका थिए।

Logo