ब्युँतियो एमाले कार्यदल, सहमति जुटाउन छलफल सुरु

ब्युँतियो एमाले कार्यदल, सहमति जुटाउन छलफल सुरु

केन्द्रबिन्दु
0
Shares

फूटको संघारमा पुगेको नेकपा एमालेको एकता जोगाउन गठित कार्यदल निष्क्रिय भएको डेढ महिनापछि पुनः ब्यूँतिएको छ। २ जेठमा गठित कार्यदलको बैठक ६ जेठपछि बस्न सकेको थिएन। 

कार्यदलका माधव पक्षका संयोजक भीम रावललाई १२ जेठमा अध्यक्ष ओलीले निष्कासन गर्ने निर्णय गरेपछि कार्यदल निष्क्रिय भएको थियो।

तथापि कार्यदलमा रहेका दोस्रो तहका नेताहरुबीच अनौपचारिक संवाद भने कायमै रहेको थियो। 

अनौपचारिक संवादकै बीच आज भने पुरानै कार्यदलका सदस्यहरु छलफलमा जुटेका छन्। सिंहदरबारमा बसेकाे  बैठकले साझा सहमतिमा एकताको प्रयास गर्ने बुझिएको छ।

कार्यदलमा केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक छन् भने सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । 

वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् भने सदस्यहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन्।

आजै साँझदेखि अध्यक्ष ओलीले माधव नेपाललाई हस्ताक्षर फिर्ता लिन दिएको समय सीमा पनि सकिएको छ।

सयमसीमाभित्र हस्ताक्षर फिर्ता नलिए पार्टी एकता नहुने भन्दै ओलीले निर्देशनात्मक हिसावले दिएको चेतावनीमा भने ओली लचक भएका छन्। 

कार्यदलको छलफलले एउटा निकास दिने भएकाले उनी लचक भएको बुझिएको छ।

Logo