आज पूर्वराजा ज्ञानेन्द्र शाहको आज जन्मदिन हो। उनी ७५ औं वर्षमा प्रवेश गरेका छन्।
यसपटक शाहले आफ्नो जन्मदिनमा कुनै पनि औपचारिक कार्यक्रम भने गरेका छैनन्। कोरोनाका कारण गत वर्ष पनि उनले जन्मदिनमा कुनै कार्यक्रम गरेका थिएनन्।
मुलुकमा लोकतन्त्र आउनुअघि राजाको जन्मदिवसका दिन सार्वजनिक बिदा हुने गरेको थियो। २०६२/६३ को जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले राजाका अधिकारहरु कटौती गरेको थियो। त्यसपछि उनको जन्मदिनमा सार्वजनिक बिदा दिन छोडियो।
२०६५ साल जेठ १५ गते बसेको ऐतिहासिक संविधानसभाको पहिलो बैठकले मुलुकमा रहेको राजतन्त्रको अन्त्य गर्दै विधिवत् रुपमा गणतन्त्र घोषणा गर्यो। त्यसपछिका दिनमा पूर्वराजाले सर्वसाधारणकै हैसियतमा जन्मोत्सव मनाउँदै आएका छन्।
२०५८ साल जेठ १९ गते भएको राजा वीरेन्द्रको वंशविनाशपछि उनका भाई ज्ञानेन्द्र राजा बनेका थिए।
ज्ञानेन्द्रको जन्म वि.सं.२००४ साल असार २३ गते भएको हो।





























प्रतिक्रिया