नेकपा एमालेको एकता जोगाउने प्रयास स्वरुप आज पनि कार्यदलको बैठक बस्ने भएको छ । आज बस्ने बैठकमा सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित एमालेमा संगठनात्मक प्रणालीको विषयमा छलफल हुने कार्यदलका सदस्यहरुले जानकारी दिएका छन् ।
यसअघि मंगलबार बसेको बैठकमा पार्टीमा देखिएको समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा कार्यदल सदस्यहरुले धारणा राखेका थिए ।
हिजोको वैठकले ठोस सहमति नगरे पनि छलफल सकारात्मक दिशामा अघि बढिरहेको नेताहरुले बताएका छन् । आजको बैठकमा पनि यसै विषयमा छलफल हुने बताइएकाे छ।





























प्रतिक्रिया