निर्वाचन आयोगद्वारा राजनीतिक दलसँग अन्तरक्रिया

निर्वाचन आयोगद्वारा राजनीतिक दलसँग अन्तरक्रिया

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले राजनीतिक दलका लैङ्गिक तथा समावेशी सम्पर्क व्यक्तिसँग निर्वाचन सञ्चालन तथा व्यवस्थापन, राजनीतिक दल, आचार संहिता र राजनीतिक दलको भूमिका, लैङ्गिक तथा समावेशी नीति र समावेशी व्यवस्थापन लगायतका विषयमा अन्तरक्रिया  गरेको छ।

संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गरिएकोमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपाललगायत १२ दलको सहभागीता रहेको उक्त कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधान र निर्वाचन सम्बन्धी कानूनमा भएको व्यवस्था अनुसार समावेशी प्रतिनिधित्व हुनुपर्ने दलको ध्यानाकर्षण गराए।

नेपालको संविधानले समानुपातिक समावेशी तथा सहभागितामूलक सिद्धान्तमा आधारित राज्य व्यवस्थाको परिकल्पना गरेको सन्दर्भमा राजनीतिक दलको सङ्गठन संरचना र प्रतिनिधित्व पनि सोही बमोजिम व्यवस्थित हुनुपर्नेमा जोड दिए। 

आयुक्त डा.जानकी कुमारी तुलाधरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशील साझा पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माले), नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाली जनता दल र नेपाल परिवार दलका प्रतिनिधिको सहभागिता रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

Skip This
Skip This
Logo