नेकपा एमाले कार्यदलको बैठक सुरु भएको छ। सिंहदरबार स्थित अर्थ मन्त्रालयमा कार्यदलको बैठक सुरु भएको हो। बैठक आज निर्णायक हुने बुझिएको छ।
गए राति एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच वान टु वान भेटवार्ता भएपछि आजको बैठकलाई निर्णायक मानिएको हो।
बैठक बारे केन्द्रबिन्दुलाई जानकारी दिँदै कार्यदल सदस्य रघुजी पन्तले बैठक सुरु भएको र आज एउटा निचोडमा पुग्ने बताए।
उनले भने, आज हामी नमिलेको केही बुँदामा गहिराइमा गएर समीक्षा गर्नेछौं। आजको बैठक ब्युँतिएको कार्यदलको चौंथो बैठक हो।
गएको सोमबारदेखि दश सदस्य कार्यदल नियमित बैठकमा छ।





























प्रतिक्रिया