नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक साँझसम्मका लागि स्थगित भएको छ।
आन्तरिक गृहकार्य गर्नका लागि भन्दै बैठक स्थगित भएको सहभागी नेताहरुले बताए । बैठक आजै साँझ सात बजे पुनः बस्ने बताइएको छ।
आज बैठक केहीबेर मात्र बसेको छ । बैठकपछि दुवै पक्षका कार्यदल सदस्यहरु आन्तरिक छलफलमा जुटेका छन्।
गए राति एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच वान टु वान भेटवार्ता भएपछि आजको बैठकलाई निर्णायक मानिएको छ।
गएको सोमबारदेखि दश सदस्य कार्यदल नियमित बैठकमा छ।





























प्रतिक्रिया