एनआरएन ग्लोबल नलेज सम्मेलन आजदेखि शुरु

एनआरएन ग्लोबल नलेज सम्मेलन आजदेखि शुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गैह्रआवासीय नेपाली संघ (एनआरएनए) को तीन दिने ज्ञान सीप सम्मेलन शुरु भएको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण भर्चुअल माध्यमबाट शुरु भएको ‘दोस्रो एनआरएन ग्लोबल नलेज कन्भेन्शन’ शुक्रबारदेखि तीन दिनसम्म सञ्चालन हुनेछ ।

देशको समृद्धिका लागि संसारभर छरिएर रहेका नेपालीहरुको ज्ञान र सीपलाई नेपाल भित्र्याउने उद्देश्यसहित एनआरएनएले सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा विश्वभरका एनआरएनहरुको सहभागिता रहेको छ । सम्मेलनलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्ले संसारभर छरिएर रहेका एनआरएनहरुको ज्ञान र सीपलाई नेपालमा भित्र्याउन आग्रह गरे ।

उनले विदेशमा रहेका एनआरएनहरुसँग विभन्न क्षेत्रमा लगानी गर्ने क्षमता रहेकाले लगानीसँगै ज्ञान र सीपलाई समेत नेपाल भित्र्याउन आग्रह गरेका छन् । पछिल्लो समय कोभिडको महामारीका कारण अर्थतन्त्रमा चुनौति रहेकोले पनि देशको आर्थिक विकासका लागि सबै गैह्रआवासीय नेपालीको साथ आवश्यक रहेको उनको भनाइ छ । नेपालको सहरी विकास, यातायात, रेल्वे, जलविद्युत, कृषि लगायतका क्षेत्रमा लगानी गर्न समेत मन्त्री नेम्वाङले आग्रह गरे । वैदेशिक लगानीका लागि सरकारले कानुन निर्माण गरिसकेकाले लगानी भित्र्याउन योगदान गर्न पनि उनको आग्रह छ ।

त्यस्तै कार्यक्रममा सहभागि भएका गैह्रआवासीय नेपालीहरुले सम्मेलनमार्फत विज्ञहरुको ज्ञान, सीप र अनुभवलाई नेपालको उद्यम सृजना र नीति निर्माण जस्तो काममा लगाउन सहयोग पुग्ने बताएका छन् । खासगरी सम्मेलन सूचना प्रविधि, उर्जा, कृषि, यातायात, खाद्य तथा वातावरण लगायत स्वदेशी सरोकारका विषयमा केन्द्रीत हुने पनि उनीहरुले बताएका छन् । देशबाहिर रहेका नेपालीहरु विभिन्न क्षेत्रको विशेषज्ञको रुपमा विश्वस्तरका परियोजना र कम्पनीहरुमा काम गरिरहेको भएपनि तीनको पहिचान हुन नसक्दा नेपालमा ती सीप र ज्ञान भित्र्न नसकेकाले त्यसको उजागर गर्ने उद्देश्य समेत सम्मेलनले राखेको छ ।

Skip This
Skip This
Logo