नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
आज दुई नेताबीच नेपाल निवास कोटेश्वरमा भेट भएको हो। दुई नेताबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ। विपक्षी ५ दलीय गठबन्धन र नेकपा एमालेभित्र भइरहेको वार्ताका बारेमा नेपाल र प्रचण्डबीच छलफल भएको बताइएको छ।
एमालेको विवाद मिलाउन केही दिनदेखि विवाद समाधान कार्यदलमा वार्ता भइरहेको छ। शुक्रवारको वार्तापछि मस्यौदामा भएको सहमतिलाई आज अन्तिम रुप दिइने नेताहरुले बताएका छन्।
एमालेको वार्ता निष्कर्षमा पुग्न लागेका बेला प्रचण्ड र नेपालबीच वार्ता हुनुलाई चासोका रुपमा लिइएको छ।





























प्रतिक्रिया