गण्डकीका निर्वतमान मुख्यमन्त्री गुरुङले सरकारमाथि लगाए १६ करोड भ्रष्टाचारको आरोप

गण्डकीका निर्वतमान मुख्यमन्त्री गुरुङले सरकारमाथि लगाए १६ करोड भ्रष्टाचारको आरोप

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेश प्रमुख विपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेश सरकारले भ्रष्टाचारको सुरुवात गरेको आरोप लगाएको छ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा एमाले संसदीय दलका नेता निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले भ्रष्टाचार सुरु गरेको आरोप लगाएका हुन्।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको नयाँ सरकारले १६ करोडभन्दा बढी रकम रकमान्तर गरि बाँडेको भन्दै उनले भने, ‘गैरबजेटरी खर्च नै भ्रष्टाचारको सुरुवात हो। उहाँहरुले भ्रष्टाचारको सुरुवात गरिसक्नुभयो।

गुरुङले आफ्नो जिल्ला सभापतिहरुको सिफारिसमा रकम बाँडिएको भन्दै उनले भने, ‘यो १६ करोड भ्रष्टाचारको मुद्दा हुन्छ, यसमा सम्बन्धित निकायले ध्यान दिनेछ।’

उनले आफूमाथि लागेको ४ अर्ब बढीको टेण्डर प्रक्रिया नपुर्याई गरेको भन्ने विषयको खण्डन गरेका छन्।

निर्वतमान मुख्यमन्त्री गुरुङले भने, आफ्नो नेतृत्वको सरकारले कुनै बजेट, नीति कार्यक्रम र विकासको कार्यक्रममा नभएको योजनामा रकम खर्च नगरेको दाबी गरे। बजेट अभावका कारण एकैपटक टेण्डर गर्न नसक्ने भएपछि टुक्त्र्याउनु परेको उनले स्पष्टीकरण दिए।

उनले यसअघिको नेकपा र एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिए मात्र आफ्नो दलले सरकारलाई सहयोग गर्ने पनि बताए।

Logo