भोलि सुखद समाचार दिन्छौंः गोकर्ण विष्ट

भोलि सुखद समाचार दिन्छौंः गोकर्ण विष्ट

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले विवाद निरुपण आइतबार हुने भएको छ। शनिवार कार्यदलको छलफलपछि पत्रकारसँग कुरा गर्दै कार्यदल सदस्य गोकर्ण विष्टले आइतबार सुखद समाचार आउने बताए।

उनले पार्टीभित्रको समग्र समस्या समाधान खोजिएको र आइतबार नै सुखद समचार आउने दाबी गरे।

आम पार्टी पंक्तिले अपेक्षा गरेको र एमालेलाई माया गर्ने जनताले चाहेको सुखद समाचार भोलि नै दिन्छौं। हामी धेरै हदसम्म सफल भएका छौं, विष्टले भने।

कार्यदल सदस्य विष्टले सर्वोच्चको फैसला अघिनै एमाले एकताबद्ध हुने घोषणा समेत गरे।

आजै माधव नेपाललाई भेट्न माओवादी केन्द्रका अध्यक्ष कोटेश्वर पुगेको विषयमा भने माधव नेपाल अस्वस्थ भएकाले प्रचण्ड भेट्न गएको भन्दै त्यसलाई अन्यथा नलिन आग्रह गरे।

Skip This
Skip This
Logo