सर्वोच्चको फैसलालाई स्वागत गर्दै मुगुमा नेविसंघको दीप प्रज्वलन

सर्वोच्चको फैसलालाई स्वागत गर्दै मुगुमा नेविसंघको दीप प्रज्वलन


संसद् पुनर्बहालीको उपलक्ष्यमा सोमबार मुगु जिल्लाको सदरमुकाम गमगढीमा विभिन्न युवा सङ्गठनहरुले दीप प्रज्वलन गरेका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन्। त्यसअघि प्रधानमन्त्री ओलीले जेठ ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका थिए। त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो। 

विभिन्न राजनीतिक दलले ओलीको त्यो कदमविरुद्ध आवाज पनि उठाएका थिए। प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले ओलीको त्यो कदम  संविधानमाथिको प्रहार र लोकतन्त्रको मजाक भनि भन्दै टिप्पणी गर्दै आएको थियो। रिट परेपछि सर्वोच्चको आदेश कुरेर बसेका विभिन्न राजनीतिक सङ्गठनहरुले सोमबार देशभर खुसियाली मनाएका छन्। यसै क्रममा मुगु जिल्लाको सदरमुकाम गमगढी स्थित कृष्ण चोकमा नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेविसङ्घसहित ५ विद्यार्थी संगठनको आयोजनमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको समन्वय तथा संचालन नेपाल विद्यार्थी संघ कर्णाली प्रदेशका संयोजक नेता धर्मराज  शाहीले गरेका थिए। दीप प्रज्वलनमा बोल्दै नेता शाहीले अवैधानिक संसद विघटनलाई सम्मानित सर्वोच्च अदालतले उल्टाएर देशमा न्यायप्रतिको विश्वास मर्न नदिएको बताए।

उनले भने, यो निर्णय देश र जनताको पक्षमा भएको छ। ओलीको कदमले कोरोनाको बेला निरास भएका नेपाली जनताको घाउमा नुन हालेको र सर्वोच्चको निर्णयले आज मलमको काम गरेको बताएका छन्। कार्यक्रममा जिल्ला पार्टीका शीर्ष नेतासमेतको उल्लेखनिय सहभागिता रहेको थियो। सबैले छोटो मिठो आफ्नो धारणा राख्दै सर्वोच्च अदालतलाई धन्यवाद व्यक्त गरेका थिए।

उपस्थित भिडलाई सम्वोधन गर्दै युवा नेता धर्मराज शाहीले सर्वोच्चको निर्णय स्वागतयोग्य भएको र आगामी दिनमा संविधान विपरित निर्णय गर्दा हजारौं पटक सोच्नु पर्ने बताए। नेविसङ्घले कार्यक्रम राष्ट्रिय गान बजाएर सुरुवात गरेको थियो । उपस्थित युवाहरुले दीप प्रज्वलन गरेसँगै ठूलो स्वरमा राष्ट्रिय गान गाउनु, नाच्नुका साथै फोटो सेसन गरेर खुसी साटासाट गरेका थिए।

Logo