नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक अहिले जारी छ। विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न माओवादी केन्द्रको बैठक बसेको हो।
आजको बैठकमा गठबन्धन सरकारमा सहभागिताका बारेमा छलफल भइरहेको छ। सरकारमा सहभागी हुन लागेको माओवादी केन्द्रबाट तत्काल दुई जना मन्त्री बन्ने सम्भावना छ।
जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाललगायतका नेता मन्त्री बन्ने सम्भावना भएको स्रोतले जनाएको छ।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो। त्यस लगत्तै हाल विपक्षी गठबन्धनमा रहेका दलहरु सरकार बनाउन सक्रिय भएका हुन्।





























प्रतिक्रिया