कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्र प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा सहभागि हुने भएको छ।
प्रवक्ता श्रेष्ठको नेतृत्वमा माओवादी केन्द्रबाट जनार्दन शर्मा, बर्षमान पुन, पम्फा भूसाल, देवप्रसाद गुरुङ पनि देउवा नेतृत्वको सरकारमा सहभागि हुँदैछन्। त्यस्तै यस अघि मन्त्री नबनेका देवेन्द्र पौडेलको पनि मन्त्री बन्ने चर्चा छ।
माओवादी केन्द्रका एक पोलिटब्युरो सदस्यका अनुसार पहिलो चरणमा केही नेताहरु मात्र मन्त्री बनेपनि दोस्रो चरणमा उल्लेखित नेताहरु मन्त्री बन्ने चर्चा छ। विपक्षी गठबन्धनमा आवद्ध तीन दल एक समूहले कुन–कुन मन्त्रालय लिने भन्ने नटुँगिएकाले अहिलेनै सबै मन्त्रालय नटुँगिने पनि उनले बताए।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री बन्दैछन्। आजै सानो मन्त्रीमण्डलसहित देउवाले पद तथा गोपनियताको सपथ लिँदैछन्।
विपक्षी गठबन्धनबाट प्रधानमन्त्री बन्न लागेका शेरबहादुर देउवा नेतृत्वमा नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले साथ दिदैँछन्।
एमाले वरिष्ठ नेता माधव नेपाल पक्षको दर्बिलो साथले प्रधानमन्त्री बन्ने अवसर पाएका देउवाको साथमा अब माधव नेपाल भने रहने छैन्। विपक्षी गठबन्धनमा नरहने नेता नेपालको घोषणासँगै विपक्षी गठबन्धनमा तीन पार्टी र एक समूह छ।





























प्रतिक्रिया