माधव पक्षले विपक्षी गठबन्धनको साथ छोडेको छैनः रघुजी पन्त

माधव पक्षले विपक्षी गठबन्धनको साथ छोडेको छैनः रघुजी पन्त

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले विपक्ष गठबन्धनको साथ नछोडेको बताएका छन्। केन्द्रबिन्दुसँग कुरा गर्दै उनले 'विपक्षी गठबन्धनको साथ छोडेको भनेर कसले भन्यो', भन्दै प्रश्न गरे।

'कसले भन्यो हामीले विपक्षी गठबन्धनको साथ छोड्यौं भनेर?', उनले भनेका छन्।

'राजनीतिक स्थिरताका लागि एमालेले देउवालाई विश्वासको मत पनि दिन सक्छ, विश्वासको मत लिन अझै एक महिना बाँकी छ। अर्को कुरा बाहिर बसेर रचनात्मक भूमिका निर्वाह गर्न सक्छ एमालेले, तर यी सबै कुरा पार्टीमा छलफल गरेर मात्रै गर्छौं', उनले भने।

उनले विपक्षीको गठबन्धनको साथ छोडेको भन्ने प्रश्नमा नानी पाउनु कहिले कहिले भोटो सिलाउनु अहिले भन्दै टिप्पणी गरेका छन्।

Logo