जसपाको उपेन्द्र पक्ष तत्काल सरकारमा नजाने

जसपाको उपेन्द्र पक्ष तत्काल सरकारमा नजाने

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादवपक्ष तत्काल सरकारमा नजाने भएको छ।

आज बसेको जसपाको बैठकले सरकारमा जान अहसजता रहेको ठम्याएको छ। सांसद रामसहायप्रसाद यादवले पार्टी आधिकारिता विवाद टुङ्गिन बाँकी रहेको र संविधान संशोधनसँगै मधेस/थरुहट आन्दोलनका क्रममा नेताहरूमाथि झुठा मुद्दा लागेको भन्दै ती मागहरू सम्बोधनको प्रतिबद्धता आएपछि सरकार जाने भएको बताए।

तैपनि, कानुन व्यवसायीहरूसँग आधिकारिता विवाद नटुङ्गिदै सरकारमा जान मिल्ने/नमिल्ने भन्ने विषयमा चाँडै परामर्श गरिने पनि उनले बताए।

प्रतिनिधिसभा विघटन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशको माग गर्दै उपेन्द्र पक्षले पनि सर्वोच्चमा रिट दायर गरेको थियो।

Logo