नेकपा एमाले उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता माधवकुमार नेपाल एकतालाई लिएर अहिले कोटेश्वरमा भेटवार्ता जारी छ । गौतम नेपाललाई भेट्न नेपाल निवाश कोटेश्वर पुगेका छन्। उनीहरुबीच पार्टीमा उत्पन्न पछिल्लो संकट र निरुपणका उपायबारे छलफल भइरहेको बताइएकाे छ ।
सर्वोच्च अदालतले संसद पुनः स्थापनासँगै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि एमालेमा थप संकट निम्तिएको बुझिएकाे छ । नेकपा एमालेमा एकताको प्रयास भने जारी छ। उक्त प्रयासस्वरुप गौतम नेपाललाई भेट्न नेपाल निवास पुगेका हुन् ।





























प्रतिक्रिया