बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा मुछिएका कांग्रेस उपसभापति विजय गच्छदार विशेष अदालतमा हाजिर भएका छन्।
सरकारी जग्गा व्यक्तिको नाममा लगेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि म्याद नबुझी फरार रहेका गच्छदार कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुनसाथ विशेष अदालतमा हाजिर भएका छन् ।
गच्छदार अदालतले सार्वजनिक सूचना जारी गर्दा समेत अटेर गर्दै म्यादसम्म नबुझी लामो समयदेखि फरार रहेका थिए।
ललिता निवास प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा बनाएको भ्रष्टचार अभियोगमा २०७६ माघ २२ गते विषेश अदालतमा मुद्दा दर्ता भएको थियो।
उनीसँगै चार मन्त्री तथा पूर्वसचिव सहित १ सय ७५ जना विरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो। दर्तामध्ये केही अदातलमा हाजिर भइसकेका छन्।





























प्रतिक्रिया