गच्छदारलाई १० लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

गच्छदारलाई १० लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

केन्द्रबिन्दु
0
Shares

ललिता निवास प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई विशेष अदालतले १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। 

गच्छदारको बयानपछि उनलाई धरौटीमा छाड्ने आदेश अदालतले दिएको हो। लामो समयदेखि अदालतको सम्पर्कमा नआएका गच्छदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको भोलिपल्ट बुधबार विशेष अदालतमा हाजिर भएका थिए। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा गच्छदारसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको थियो। गच्छदारसँगै पूर्वमन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पनि मुद्दा दायर गरिएको थियो। जोशी साधारण तारेख र श्रेष्ठ ५ हजार रुपैयाँ धरौटीमा छुटिसकेका थिए भने गच्छदार अहिले छुटेका हुन्। गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ मागदाबीसहित मुद्दा दर्ता भएको थियो।

विशेष अदालतका न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजीज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले गच्छदारलाई छाड्न आदेश दिएको हो।

Skip This
Skip This
Logo