प्रधानमन्त्री देउवा र एमाले वरिष्ठ नेता नेपालबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र एमाले वरिष्ठ नेता नेपालबीच भेटवार्ता


प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज साँझ नेपाल निवास कोटेश्वर पुगेर प्रधानमन्त्री देउवाले भेटवार्ता गरेका हुन्। 

भेटमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रममा छलफल भएको बताइएको छ। 

निवर्तमान प्रधानमन्त्री केपी ओलीविरुद्ध विपक्षी गठबन्धन बनाउन सक्रिय एमाले नेता नेपाललाई देउवाले अझै सहकार्य गर्न अनुरोध गरेका छन् । 

सर्वोच्चको फैसलापछि आफू गठबन्धनमा नरहन सक्ने बताएका नेता नेपाल मंगलबार देउवाको शपथ समारोहमा गएका थिए । यता ओलीले भने अब पार्टीमा माधव नेपालका लागि ठाउँ नभएको बताइसकेका छन्। 

देउवालाई प्रधानमन्त्री बनाउन पार्टी अध्यक्ष केपी ओलीविरुद्ध नेपाल समूहका २६ सांसदले हस्ताक्षर गरेका छन्।

Logo