नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्।
शुक्रबार तीन बजे अन्तर्राट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा एमालेले संसदीय दलको बैठक बोलाएको हो।
दोस्रो पटक संसद् पुनर्स्थापना भएसँगै ओलीले संसदीय दलको बैठक बोलाएका हुन्। एमाले प्रमुख सचेतक विशाल भट्टराईले बैठकमा उपस्थित हुने दलका १२१ सांसदलाई सिस्टम मार्फत म्यासेज गइसकेको बताए। एकपटक सबैलाई फोन पनि गर्छु, उनले भने।
तर, एमाले सांसद मुकुन्द न्यौपानेले आफूलाई म्यासेज पनि नआएको र फोन पनि नआएको बताए।
‘संसदीय दलको बैठक बोलाइनु अघि पार्टीको बैठक बोलाएर छलफल गरेको भए हुन्थ्यो, यही अवस्थामा कसरी जानु, हामी जादैनौं’, उनले भने। न्यौपानेका अनुसार अहिलेकाे अवस्थामा एमाले वरिष्ठ नेता माधव नेपाल वैठकमा जाने सम्भावना न्युन छ।
असार ३० गते बालुवाटारबाट बहिर्गमनपछि बालकाेट निवासस्थान पुगेका ओलीले एमालेमा नेता नेपाललाई अब ठाउँ छैन भनि चेतावनी दिएपछि फेरि ओली र नेपालबीच दुरी बढेकाे नेता न्याैपानेले बताए।





























प्रतिक्रिया