‘सरकारले विश्वासको मत पाउछ’

‘सरकारले विश्वासको मत पाउछ’

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले संसदको पूर्ण आयु कार्यान्वयन गराउनु आफूहरुको मिसन भएको बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजिक एक अन्तरक्रियामा बोल्दै नेता विश्वकर्माले संसदको पूर्ण आयु कार्यान्वयन गराउने आफुहरुको मिसन भएकाले मिसन पुरा गराउनका लागि सरकारलाई विश्वासको मत दिनुपर्ने बताए । उनले नेकपा(एमाले)को निर्णयबाट गठबन्धन नबनेको टिप्पणी गर्दै माधव नेपालको राजनतिक निर्णयका कारण गठबन्धन बन्न सफल भएको बताए । 

नेकपा(माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले सरकारले विश्वासको मत प्राप्त गर्ने बताए । उनले आजसम्म माधव नेपालले गरेको कुरा इमान्दारीपूर्वक कार्यान्वयन भएको भन्दै गठबन्धन सरकारले विश्वासको मत प्राप्त गर्ने विश्वास व्यक्त गरे । उनले मधेसको मुद्दामा गठबन्धन गम्भिर रहेको बताए । संविधान संशोधनको विषयमा गठबन्धन सकारात्मक रहेको उहाँले बताए ।

नेकपा(एमाले)का नेता शेरबहादुर तामाङले एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गर्ने र कसैले विश्वासको मत दिए उनीहरु एमाले हुन नसक्ने बताए ।

जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर पक्षीय नेता लक्ष्मणलाल कर्णले विपक्षी मजबुद भएको कारणले वर्तमान सरकारले मनोमानी गर्न नसक्ने बताए । जसपाले सरकारलाई विश्वासको मत दिने नदिने भन्ने संसदीय दलको बैठकले निर्णय गर्ने  उनले बताए । 

नेता कर्णले मधेश आन्दोलनको दायित्व पूरा गर्नका लागि विगतमा आफूहरूले ओली सरकारलाई समर्थन गरेको स्पष्ट पारे।

Logo