बिहान ९ः५७ को शुभ साइत पारेर बालुवाटार सर्दै प्रधानमन्त्री देउवा

बिहान ९ः५७ को शुभ साइत पारेर बालुवाटार सर्दै प्रधानमन्त्री देउवा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी बिहान ९ः५७ को साइत पारेर बालुवाटार सर्न लागेका हुन्।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बुधवार निजी निवास बालकोट सरिसकेका छन्। ओली बालकोट सरेसँगै देउवाले साइत हेरेर बालुवाटार सर्ने तयारी गरेका थिए। 

मंगलवार प्रधानमन्त्रीमा नियुक्त देउवाले सोही दिन शपथ लिनुका साथै कार्यभार सम्हालेका थिए।

Logo