काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्न सरकारसँग माग गरेको छ । बिहीबार तीन अध्यक्षद्वयबीच भएको भेटवार्तापछि राप्रपाले डा. केसीको माग पूरा गर्न माग गरेको हो । राप्रपाका अध्यक्षद्वय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी बीचको बैठकले त्यस्तो माग गरेको हो ।
त्यस्तै आज बसेको बैठकले निर्वाचन आयोगमा राप्रपा दर्ता भएकोमा खुशी व्यक्त गर्दै आयोगलाई धन्यवाद दिने, जिल्लामा पार्टी समायोजनको समय असोज २९ सम्म बढाउने, केन्द्रीय कार्य समिति विस्तार गर्ने निर्णय समेत गरेको छ । अध्यक्ष थापाले निर्वाचन आयोगबाट वैधानिकता प्राप्त गरेसँगै राप्रपा अब तीव्र गतिमा संगठन निर्माणमा लाग्ने बताएका छन् ।
राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित ‘सम्वर्द्धनवाद’ को वैचारिक धरातलमा सवल र समृद्ध नेपाल निर्माण राप्रपाको लक्ष्य हुने अध्यक्ष थापाले बताएका छन् । साथै आगामी चुनावसम्ममा राप्रपालाई देशको अग्रणी शक्ति बनाउने दृढता समेत अध्यक्ष थापाले व्यक्त गरेका छन् ।





























प्रतिक्रिया