खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाकाे निर्देशन

खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाकाे निर्देशन

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप सर्वसाधारणलाई सहजरूपमा उपलब्ध गराउनका लागि आवश्यकताअनुसार खोप केन्द्र बढाउन निर्देशन दिएका छन्।  

खोप केन्द्रमा लामो लाइन भएको गुनासो सुनिएपछि उनले शुक्रबार नेपाल सरकारका मुख्यसचिव शङ्करदास वैरागी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई बोलाई सो निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री देउवाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउनसमेत निर्देशन दिए। प्रधानमन्त्री देउवाले पद बहाली गरेलगत्तै पहिलो मन्त्रिपरिषद् बैठकबाट आगामी चैतभित्र खोप लगाउन आवश्यक पर्ने सबै समूहका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइ सक्ने निर्णय गरेका थिए।

Logo