कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने

कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले आइतबारका लागि संसदीय दलको बैठक बोलाएको छ। बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने गरि बोलाइएको हो।

शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो। 

संसदीय दलको बैठकमा विश्वासको मत, सरकारको प्रभावकारिता र मन्त्री छनोट लगायतका विषयमा छलफल हुने बताइएको छ।

आइतबार नै दिउँसो ४ बजे प्रतिनिधिसभा बैठक बस्दैछ। सर्वोच्च अदालतले दोस्रो पटक पुनर्स्थापना गरेपछि पहिलो पटक प्रतिनिधिसभाको बैठक बस्ने भएको हो।

Logo