एमाले कार्यदलको प्रतिवेदन माधव नेपालले अस्वीकार गरेः शंकर पाेखरेल

एमाले कार्यदलको प्रतिवेदन माधव नेपालले अस्वीकार गरेः शंकर पाेखरेल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीचको विवाद समाधान गर्न कार्यदल गठन गरिएको थियो।

गत असार २७ गते बेलुका कार्यदलले १० बुँदे प्रतिवेदन तयार पारेर स्थायी कमिटीले पारित गर्ने गरि प्रतिवेदन तयार भएको थियो। तर उक्त प्रतिवेदनमा वरिष्ठ नेता नेपालले असहमति जनाएपछि तीन महिनाको मिहेनत खेर गएको एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन्।

मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमा स्टाट्स लेख्दै यस्तो जनाएका हुन्। उनले ‘माधवकुमार नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मिहेनत खेर गयो’ लेखेका छन्।

Skip This
Skip This
Logo