प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय


सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ।

आइतबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो। आज दिउसो ४ बजे आह्वान गरिएको संसद अधिवेशनमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यक्रम तय गरिएको छ। 

त्यसैमा केन्द्रित भएर दलको बैठक बसेको र प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरिएको पार्टीका नेता मातृकाप्रसाद यादवले जानकारी दिए। उनले प्रधानमन्त्री देउवाले विश्वासको मत लिनेमा ढुक्क हुन पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे। “हाम्रो पार्टीले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ। उहाँले विश्वासको मत पाउनेमा ढुक्क हुन म सञ्चारकर्मीहरुलाई आग्रह गर्दछु।”

नेकपा माओवादी केन्द्रले नेकपा एमालेका माधव नेपाल पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने विश्वास व्यक्त गर्दै उनीहरुलाई पनि सरकारमा सहभागी गराउने विषयमा पनि छलफल गरिएको जनाएको छ। नेता यादवले भने, “माधव जीहरुलाई पनि सरकारमा आउने हो भने विशेष माया गर्नुपर्ने हुन्छ।”

प्रधानमन्त्री देउवाले आजै आह्वान गरिएको संसद अधिवेशनमा विश्वासको मत लिने कार्यक्रम छ । माओवादी केन्द्रसँग ५३ जना सांसद रहेकोमा सभामुख अग्नीप्रसाद सापकोटाले मत दिन पाउँदैनन् भने लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरीले दल परिवर्तन गरेको भन्दै माओवादी केन्द्रले हटाइसकेको छ। अहिले माओवादी केन्द्रका ४८ जना सांसद रहेका छन्।

Logo