भीम रावलले भने- देश र जनविरोधी राजनीतिको मतियार बन्नुभन्दा राजीनामा उचित ठानेँ

भीम रावलले भने- देश र जनविरोधी राजनीतिको मतियार बन्नुभन्दा राजीनामा उचित ठानेँ

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्।

पछिल्लो समय संसद् विघटननदेखि पुनस्र्थापनासम्म प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेलासम्म देखिएको चरम अनैतिक राजनीतिक व्यवहारका कारण राजीनामा दिएको उनले बताए।

संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पछिल्लो समयमा देखिएको विकृति र   विसंगति तथा षड्यन्त्रकारी चरित्रका कारण आफू यो निर्णय लिएको उनले सुनाए। ‘पछिल्लो समय देश र जनताको हितभन्दा पनि निजी स्वार्थ र व्यक्तिवादी चरित्र हाबी भएकाले आमनेपालीको घृण उत्पन्न हुन्छ, यस्तो राजनीतिक अभ्यासको मतियार बन्नुभन्दा त्यसबाट अलग हुनु श्रेयस्कर ठानेको छु,’ उनले भने।

देश र जनविरोधी राजनीतिको मतियार भएर दूषित खेलमा लाग्नुभन्दा त्यसबाट अलग भएर राजीनामा दिएको उनको भनाइ छ।

Logo