प्रतिनिधिसभाको पहिलो बैठक सकिएको छ। दोस्रो बैठक १५ मिनेटपछि बस्ने भएको छ।
पहिलो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा बैठक आह्वानसम्बन्धी पठाएको पत्रको व्यहोरा सुनाएसँगै विभिन्न अध्यादेश मन्त्रीहरूमार्फत् छलफलका लागि प्रस्तुत गराएका छन्।
यसपछि प्रतिनिधिसभाको पहिलो बैठकमा विभिन्न समयमा निधन भएका ११ जना सांसद/सभासदप्रति शोक प्रस्ताव पारित भएको छ।





























प्रतिक्रिया