जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरूलाई खानेबेला रिस उठ्दा आफ्नो पार्टी र देश दुवै संकट फसेकाे बताएका छन् । वैकल्पिक सरकार गठन गर्ने बेलामा जनता समाजवादी पार्टी विभाजित हुँदा अरु पार्टीलाई पनि असर गरेकाे उनले बताए ।
‘हामी अभागीलाई खाने बेलामा रिस उठ्यो । हामी एकढिक्का भएको भए हामी जनता समाजवादी पार्टी आफैंले निकास दिन सक्थ्यौं, हामी आपसमा झगडा गर्न थाल्यौं, फेरि हाम्रा साथीहरु ठीक ठाउँमा आउनुभयो ।’
साथै भट्टराईले प्रतिगमनकारीको खड्ग प्रहारबाट प्रतिनिधिसभा मुर्छित हुनुपरेको भन्दै प्रतिनिधिसभा विघटन बदर भएपछि पुनः सदनमा उपस्थित हुन पाउनु खुसीको कुरा भएको बताए। भट्टराईले सर्वोच्च अदालतको फैसला आफूले पटक पटक पढेको भन्दै सो फैसलामा सुन्दर ढंगले ब्याख्या गरिएको बताए।





























प्रतिक्रिया