माधव पक्षीय १० सांसद जसले देउवालाई विश्वासको मत दिएनन्

माधव पक्षीय १० सांसद जसले देउवालाई विश्वासको मत दिएनन्


प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा आइतबार विश्वासको मत लिँदै गर्दा नेकपा एमालेको माधव नेपाल पक्ष निकै दबाब थियो। 

दबाबकै बीच भीम रावलले सांसद पदबाटै राजीनामा दिए भने केही सांसदले पार्टीलाई जोगाउने भन्दै देउवालाई मत दिएनन् । न उनीहरुले ओलीको पक्षमा नै मत दिए। बरु संसद भवनबाटै बाहिरिए । 

यसरी बाहिरिनेमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, यज्ञराज सुनुवार, नारायण खतिवडा, सोमप्रसाद पाण्डे, राजबहादुर बुढा, झपट रावल र दिपकप्रकाश भट्ट हुन् ।

यता देउवालाई मत दिने एमाले सांसदहरुमा  माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशंखे, हिरा केसी, कृष्ण श्रेष्ठ (किसान), गोपाल बम, प्रेम आले, धनबहादुर बूढा, बिना बूढाथोकी, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, निरा जैरी, रामकुमारी झाँक्री, कलिला खातुन, समिना हुसेनर कृष्णलाल महर्जन रहेका छन् ।

प्रतिनिधिसभामा देउवाले १६५ मत पाउँदा विपक्षमा ८३ मत परेको थियो।

Logo